वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व
काठमाडौँ, ८ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ ।
दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट नेपालको सकारात्म...





























