काठमाडौँ, २२ पुस । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Advertisement

बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी रु ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने रु तीन करोड ९६ हजार नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि वितरण गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!