आधुनिक अलैँची भट्टीको खोजीमा पूर्वी नेपालका किसान
तेह्रथुम, ९ कात्तिक । पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ ।
पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञ...