सन्दर्भ जेठ ३ : ती मदन भण्डारी
आज जेठ ३ गते । ३१ वर्षअघि आजकै दिन एमालेका चर्चित नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको ‘दुर्घटना’ मा निधन भएको थियो । नेताद्वयको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको बल्खुमा आज बिहान आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति तथा भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । उनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेकी छन् ।
‘महारा...



























