काठमाडौं, ९ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । 

Advertisement

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरूले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।

यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफू निर्दोष रहेको तर सबै दोष आफूमाथि लगाईएको बताएका थिए ।

नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ । नागरिक दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!