फेसबुकले ल्याउदै छ लाफिङ आउट लाउड

फेसबुकले ल्याउदै छ लाफिङ आउट लाउड

स्न्यापच्याट, इन्स्टाग्राम तथा टिकटक जस्ता सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेका छन् । युवाहरूलाई आकर्षित गर्न फेसबुकले एलओएल अर्थात लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ । यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो सेयर गर्न सकिनेछ । यसबाट फेसबुकले युजरहरूलाई रमाइलो तरिकाले हँसाउन सहयोग गर्नेछ । फेसबुकले यसका लागि गोप्य रूपमा तयारी गरिरहेको बताइएको छ । हाल यसको परीक्षण अमेरिकी ...
भोजपुरको हतुवागढी गाउँपालिकामा मोबाइल एप्स

भोजपुरको हतुवागढी गाउँपालिकामा मोबाइल एप्स

भोजपुर, ३ फागुन ।  हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो...
विर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा अनिवार्य ‘इ’ हाजिरी

विर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा अनिवार्य ‘इ’ हाजिरी

सुरुङ्गा, १ फागुन । आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् । विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेका अनुसार आजदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयले ‘इ’ हाजिरी अनिवार्य गर्नेछन् । ‘इ’ हाजिरी सेवाको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज उद्घाटन गर्नुभयो । न...
इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

एजेन्सी । सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् । यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी ५ सजिलो तरिकाहरु अपना...
सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, २८ माघ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित ज...
भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर, २८ माघ । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्नुभएको हो । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशा...
दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला, २५ माघ । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबा...
दोगडाकेदारमा मोबाइल एप्स

दोगडाकेदारमा मोबाइल एप्स

बैतडी, २३ माघ । आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्...
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

भादगाउँ, २३ माघ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिनुभयो । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिध...
बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

काठमाडौँ, २३ माघ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो । त्यहाँको सिफारिशमा उहाँ अघिल्लो साता लग...
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामा...
फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ, २० माघ । नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा ट...
साइबर अपराधमा युवावर्ग बढी

साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ, २० माघ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरी...
बन्द हुँदै गुगल प्लस

बन्द हुँदै गुगल प्लस

एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वज्निक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ । झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खब...
रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

काठमाडौँ, १७ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ । रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा ...
सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

एजेन्सी ।  दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् । उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको ...
मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गर...
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, ११ माघ ।  जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ ।...
गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट

गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट

बेत्रावती, १० माघ । नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विव...
धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

बागलुङ, ९ माघ ।  धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । ...
चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

जिक्वान, ७ माघ । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्...