मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा...

३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार

३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार
 गुल्मी । दोस्रो चरणमा हुने स्थानीय तह चुनावको लागि गुल्मीको प्रतिष्ठित बोर्डिङ्गका प्रीन्सिपल गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । सदरमुकाम तम्घासमा रहेको अर्जुन बोडिङ्ग स्कुलका प्रीन्सिपल दानबहादुर केसी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका हुन् । एमाले गुल्मीको बिभिन्न मातहतका कमिटीहरुमा जिम्मेवारी पूर्वक काम गरेका केसीलाई एमालेले उम्मेदवार बनाएको हो । झण्डै ३४ वर्षसम्म प्रीन्सिपलका...

भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?

भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?
रेणु दाहालको उम्मेदवारीदेखि नै भरतपुर महानगरपालिका चर्चामा आयो । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर यतिबेला झनै बढी चर्चामा छ । एमालेले निर्वाचन हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप कांग्रेस र माओवादीले लगाएका छन् । रेणुले मतान्तर कम बनाउँदै लगेकी थिइन्, त्यसैले एमालेहरुले अत्तालिएर मतपत्र च्याते भन्ने आरोप उनीहरुबाट आइरहेको छ । यदि साँच्चै देवी ज्ञवालीले चुनाव हार्दै थिए भने बाँकी रहेका ...

दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदै...

धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । जिल्ला सदरमुकाममा मंगलबार कार्यक्रम आयोजना गरी कांग्रेसले मेयर, उपमेयरसहित १० वटै वडाका लागि ५१ जना उम्मेदवार घोषणा गरेको हो । कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । राई कांग्रेस धनकुटाका कोषाध्यक्षसमेत हुन । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वडा नम्ब...

सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ
काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि बढेको जानकारी दिनुभयो । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदी पूर्वक...

सङ्घीयतासम्बन्धी पहिलो बजेट

सङ्घीयतासम्बन्धी पहिलो बजेट
काठमाडौ। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताउनुभएको छ । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताउनुभयो । आफनो गाउँघरमा ...

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल
चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो । सो विषयमा निर्वाचन आयोग...

भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला

भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् । भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा पुनः मतदान हुन नदिने बताए । चितवनमा बालुवाटारबाट खटाइएका ‘गुरिल्ला’ हरुले...

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ
  पाँचथर । नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस समन्वय समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो । कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बा...
error: Content is protected !!