शुक्रबार, जेठ १९, २०७४
काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विधि र प्रक्रियानुसार भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन गर्न माग गरेको छ ।
यहाँ आयोजित विरोध सभामा युनियनका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यात्नेलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित गणनालाई टुङ्गो लगाएर परिणाम सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
उहाँले शुक्रबार मध्याह्न १२ बजेसम्म पनि नि...