चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ ।

Advertisement

सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो ।

सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताउनुभयो ।

उहाँले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिनुभयोे । यहाँ भएको घटना निन्दनीय रहेको बताउँदै उहाँले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!