काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् ।

Advertisement

भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा पुनः मतदान हुन नदिने बताए ।
चितवनमा बालुवाटारबाट खटाइएका ‘गुरिल्ला’ हरुले योजनाबद्ध रुपमा मतपत्र च्यातेको आरोप लगाउँदै ओलीले मतपत्र च्यात्नेहरुले नै पुन मतदानको माग गरेको भन्दै आश्चर्य प्रकट गरे ।

आफूहरु जहाँबाट मतगणना रोकिएको हो त्यहीबाट पुन मतगणनाहुनुपर्ने पक्षमा रहेको बताउँदै उनले फेरि मतदान भए चुप लागेर नबस्ने बताए ।
‘हार्ने भएपछि वाइसियलले मतपत्र च्याते, यो सेटिङ मिलाएर गरिएको काम हो बालुवाटारमा तय भएर गरिएको हो ।

शान्तिपूर्ण ढंगले चुनाव गर्नुपर्नेमा उल्टै बिथोल्ने काम गर्ने ?’ ओलीले भने, ‘हामी आयोगमा गएर आएको छौं फेरि मतदान गराउनु पर्ने आवश्यक छैन । मत गणनामा प्रतिनिधि बनाएका थिए । तिनिहरुले उपद्रो गरेर २–४ ओटा मतपत्र च्याते । भरतपुरमा एमालेलाई पुनः चुनाव मान्य छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!