काठमाडौ। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताउनुभएको छ ।

Advertisement

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताउनुभयो ।

आफनो गाउँघरमा विकास गर्छु भनेर भोट मागेर विजयी भएका स्थानीय तहका पदाधिकारीले विकासको काम गर्दैन भन्ने आफूलाई नलागेको बताउँदै उहाँले नेपालमा व्यापार घाटा डरलाग्दो ढङ्गले बढेको र यसलाई सम्बोधन गर्न अव बन्ने सरकारले ध्यान दिनुपर्ने बताउँनुभयो ।

कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनुपर्ने, ठूलठूला उद्योगको स्थापना, राष्ट्रिय गौरवको आयोेजना अगाडि बढाउने राम्रो पक्ष भएको चर्चा गर्नुभयो ।

यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै नेपालमा पनि सङ्घीय बजेट सुरुवातको दर्ज भएको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रको विकासमा रु ७८ अर्ब छुट्याएको छ, जुन अति राम्रो र महत्वपूर्ण छ भन्नुभयो । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले संविधानले किटान गरेको समय सीमाभित्र सरकारले बजेट ल्याउनसक्नु राम्रो पक्ष भएको बताउनुभयो ।

स्थानीय निकायले कार्यक्रम स्वीकृत गर्न नपर्ने, केन्द्रको योजना तल्लो तहमा हस्तान्तरण राम्रो पक्ष भएको उहाँको भनाइ थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!