दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

गाईघाट, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताउनुभयो । उहाँले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र ...
प्रयोगविहीन अवस्थामा छन् तेह्रथुमका सरकारी कृषि भवन

प्रयोगविहीन अवस्थामा छन् तेह्रथुमका सरकारी कृषि भवन

तेह्रथुम, ३१ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन्। पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन्। निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएका छैनन्। नेपाल सरकार र एसियाली विकास...
भुटानी शरणार्थीले पठाए प्रधानमन्त्रीलाई यस्तो पत्र

भुटानी शरणार्थीले पठाए प्रधानमन्त्रीलाई यस्तो पत्र

दमक। भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेर...
दश वर्षपछि सीमाबाट पक्राउ परे अभियुक्त अल्लाउदिन

दश वर्षपछि सीमाबाट पक्राउ परे अभियुक्त अल्लाउदिन

इनरुवा। सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। सीमामा लुकीछिपी  मियाँलाई २०...
भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेलको मिति परिवर्तन भएको छ । शुक्रवार साँझ बसेको प्रतियोगिता आयोजक समितिको बैठकले शनिवार हुँने भनिएको फाईनल खेलको मिति परिवर्तन गरेर फाईनल खेल आईतवार खेलाउँने निर्णय गरेको हो । शुक्रवारको सेमिफाईनल खेलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानलाई पराजित गर्दै फाईनल प्रवेश गरेको विर्ता यून...
भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

धनकुटा, ३० भदौ । साविक बिजेता फ्यान्स क्लव विआरसी भुटानलाई पराजित गर्दै झापाको विर्ता यूनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको दोस्रो सेमिफाईनलमा साविक बिजेता भुटानलाई ४–० गोलले हराउँदै झापा फाईनल पुगेको हो । खेल सुरुवातको २० औं मिनेटमा झापाका खमिर गिन्सन कन्दङ्वाले गोल गर्दै टिमको खाता खोले । ३४ औं मिने...
एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

  लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ” महासचिव पोखरेलले पहिलो र दोस्रो...
झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापा। मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ । राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट ...
ओखलढुङ्गाका काफ्ले ५ दिनदेखि बेपत्ता, खोजी गरिदिन आग्रह

ओखलढुङ्गाका काफ्ले ५ दिनदेखि बेपत्ता, खोजी गरिदिन आग्रह

ओखलढुङ्गा।  ओखलढुङगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का ५१ बर्षिय चन्दप्रसाद काफ्ले विगत ५ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ २६ गते बिहानबाट वेपत्ता भएका काफ्ले ५ दिन बित्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी भएको छ । एक छोरा र श्रीमतिसँग बस्दै आएका काफ्लेको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेका छन् । उनि बेपत्ता भएपछि इलाका प्रहरी कार्यलय बरुणेश्वरमा निवेदन दिएपनि प्रहरीले खोजी...
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो । संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमि...
तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च

तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च

तेह्रथुम। तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन सास्ति भएको छ । ८० रुपैयाँ विद्युत महसुल बुझाउन उपभोक्ताहरु २ हजार रुपैयाँ खर्च हुने गरेको उपभोक्ताहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रिय विद्युत लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत महसुल संकलन केन्द्र स्थापना नहुदाँ यहाँका उपभोक्ता मारमा परेक...
भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज विर्ता यूनाईटेड झापा र साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानवीच खेल हुँने भएको छ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि झापा र भुटान आम्नेसाम्ने हुन लागेका हुन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोलले पराजित गर्दै विर्ता यु...
धनकुटाका अग्रज पत्रकार राईको उपचारका लागि झापामा सहयोग संकलन

धनकुटाका अग्रज पत्रकार राईको उपचारका लागि झापामा सहयोग संकलन

दमक। दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ । सो समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावत...
भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

धनकुटा, २९ भदौ । वेलवारी एफसी मोरङलाई पराजित गर्दै ब्वाईज यूनियन धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । स्थानीय टुडिखेलमा आज भएको पहिलो सेमिफाईनल खेलमा वेलवारी एफसीलाई १–० गोलले पराजित गर्दै ब्वाईज यूनियन काठमाण्डौले फाईनलको यात्रा सुरक्षित गरेको हो । खेल सुरुवातको चौथो मिनेटमा ब्वाईज यूनियनका नाईजेरियन खेलाडी अवुबाकोन...
एक करोड लिटर दूध संकलन

एक करोड लिटर दूध संकलन

विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्...
आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

धनकुटा, २९ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज ब्वाईज यूनियन र वेलवारी एफसी मोरङवीच खेल हुँदैछ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी आम्नेसाम्ने हुन लागेका हुन । मंगलबार भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. सेमिफाईनल पुगेको हो । प...
सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सोलुखुम्बु। तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अन...
नवजात शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

नवजात शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

ताप्लेजुङ। अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो । शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार रहेकी छन् । उनको खोजीकार्...
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज। राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् । राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दि...
मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

इलाम। मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेव...
भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

धनकुटा, २८ भदौ । गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत पराजित गर्दै झापाको विर्ता युनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । स्थानीय टुडिखेलमा बुधबार भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको वरावरी भएपछि खेल ट्राईवेकरबाट टुंग्याईएको हो । ट्राईवेकरमा ४–१ गोल अन्तरले झापा बिजयी बनेको हो । खेल सुरुवातको २१ औं ...