बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान

बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान
बिराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलदै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटीले कोरोना संक्रमण रोकथामका लागि घर–घरमा निर्मलीकरण गर्ने अभियान थालेको छ । पहिलो दिन शुक्रबार विराटनगर–३ पुष्पाञ्जली टोलस्थित एक मजदुरको घरलाई निर्मलीकरण गरी अभियान थालिएको हो । आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकहरुमा कोरोना संक्रमण देखिएपछि सोही उद्योगमा कार्यरत श्रमिकको घरमा निर्मलीकरण गरेर अभियान थालिएको...

बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी
बिराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि विराटनगर महानगरपालिकासहित चार पालिकामा आज रातीदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिराटनगर महानगरपालिकाका सबै वडा, रंगेली नगरपालिकाका ४, कटहरी गाउँपालिकाका ५ र बुढिगंगा गाउँपालिकाका ४ वटा वडामा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेदेखि भदौ १० गतेसम...

प्रदेश १ मा थपिए ८६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८६ कोरोना संक्रमित
बिराटनगर । प्रदेश १ का ६ जिल्लामा आज ८६ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा २ हजार ६६ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र उदयपुरका ३६ महिला र ५० पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बिराटनगरमा १३ महिला र १६ पुरुष, कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैंचामा ३ महिला र ३ पुरुष, धनपालथान...

तेह्रथुममा एक साता निषेधाज्ञा

तेह्रथुममा एक साता निषेधाज्ञा
तेह्रथुम । एकै दिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जार...

संखुवासभामा आईसोलेसन तोडफोड, १५ लाखको स्वास्थ्य सामाग्री गायब

संखुवासभामा आईसोलेसन तोडफोड, १५ लाखको स्वास्थ्य सामाग्री गायब
संखुवासभामा । संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आईसोलेसनमा गएराती तोडफोड गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचार गर्न निर्माण गरिएको १० शैयाको आईसोलेसनमा तोडफोड गरी सामाग्रीसमेत चोरी भएको हो । जिल्ला अस्पताल मातहत रहेको सो आईसोलेसनबाट अक्सिजन मेसिन, ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायत करिब १५ लाखको सामाग्री चोरी भएको छ । तोडफोडबाट शैया, अ...

धनकुटामा थप एक साता आवतजावतमा प्रतिबन्ध

धनकुटामा थप एक साता आवतजावतमा प्रतिबन्ध
धनकुटा । धनकुटामा आज रातीदेखि थप एक साताका लागि अत्यावश्यक काम बाहेक आवतजावतमा प्रतिबन्ध लगाईएको छ । भदौं ४ गते बिहिबार (आज) राती १२ बजेदेखि भदौ ११ गते बिहिबार राती १२ बजेसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धेरै व्यक्तिसँग सम्पर्कमा रहेका सहिदभूमी गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएपछि सर्तकताका लागि थप एक साता आवतजावतमा ...

प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित

प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित
बिराटनगर । प्रदेश १ का छ जिल्लामा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम र उदयपुरका १ हजार ५ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १० महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३ तथा झापा र धनकुटामा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीको धरानका ३ महिला र ३ पुरुष, ...

धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल
धनकुटा । धनकुटाको शहिदभूमीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो । कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । संक्रमि...

धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ
धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निगालेका १९ बर्षीय निकेश तामाङ छन् । घटना साउन २७ गतेको हो । तामाङले ती बालिकालाई फकाई गाउँकै खाली घरमा लगेर बलात्कार गरेको आरोप छ । बालिका परिवारसँग एक दिन सम्पर्कबिहिन भएकी थिईन् । त्यसको भोलिपल्ट उनी घर पुगिन् । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेपछि...

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको स्...
error: Content is protected !!