Rabin Katel

मुम्बई – ज्याकी श्रौफ एक दिन सडकको छेउमा थिए । त्यहाँ उनले १३ वर्षीया एक किशोरीलाई स्कूलको युनिफर्ममा बसमा बसिरहेको देखे ।

Advertisement

ज्याकीलाई ती किशोरीसँग पहिलो नजरमा प्रेम बस्यो । उनी लगत्तै ती किशोरीको छेउमा पुगे र नाम सोधे ।

त्यसपछि आफू क्यासेट पसलमा गइरहेको र त्यहाँ आउने हो भनेर ज्याकी अफर गरिन् ।

ज्याकी पनि ती किशोरीसँग म्युजिक एल्बम किन्न हिँडे । ती किशोरी कोही नभएर ज्याकीकी हालकी पत्नी आयशा थिइन् ।

त्यो भेटपछि दुवै एक–आपसप्रति आकर्षित भए । र, त्यो प्रेममा परिणत भयो ।

यद्यपि, दुर्इृको प्रेम कहानी सजिलो भने थिएन । समस्या यो थियो कि, ज्याकी पहिले नै प्रेमसम्बन्धमा थिए ।

आयशालाई भेट्दा उनको प्रेमिका अमेरिका पढ्दै थिइन् । त्यहाँबाट आएर दुवैले विवाह गर्ने कुरा थियो ।

यसरी भयो विवाह

आयशाको सामु दुईवटा विकल्प थियो – ज्याकीलाई सदाका लागि बिसर्ने वा उनको प्रेमिकालाई सबै साँचो भन्ने र विवाह गर्ने । आयशाले दोस्रो विकल्प रोजिन् । उनले ज्याकीको प्रेमिकालाई पत्र लेखेर सबै कुरा बताइन् र पछि दुवैले विवाह गरे ।

शाही परिवारकी आयशा

आयशा भारतको शाही परिवारकी सदस्य थिइन् । तर, ज्याकीको लागि उनी सामान्य चौलमा आएर बस्न राजी भइन् । पछिल्ला २९ वर्षदेखि दुवै सँगै छन् । आयशाका अनुसार ज्याकीले पनि विवाह पछि उनका लागि धेरै परिवर्तनहरु गरे । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement