काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव

बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ ।

पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन । –यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!