Rabin Katel

विराटनगर ।  उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा भइरहेको हिसान खेलकुद महोत्सव अन्तरगत मंगलबार विभिन्न खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको छात्र भलिबलमा लर्डबुद्ध र ग्रिनल्याण्ड, छात्रा भलिबलमा लर्डबुद्ध र शिक्षादीप, क्रिकेटमा कोबास र शिक्षादीप तथा फुटबलमा एभरेष्ट, मेरिल्याण्ड, अर्किड र कान्तिपुर विजयी भएका छन् ।

छात्रा भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा शिक्षादीपले ग्रिनल्याण्ड कलेजलाई २–० सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

त्यस्तै छात्र भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अर्किड कलेजलाई २–० को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले कान्तिपुर कलेजलाई २–० को सोझोे सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको पहिलो खेलमा कोबास कलेजले एभरेष्ट कलेजलाई ५ विकेटले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा शिक्षादीप कलेजले ग्रिनल्याण्ड कलेजलाई ३७ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी डीपीएस विराटनगरमा भएको फुटबलको पहिलो खेलमा एभरेष्ट कलेजले कोशी क्याम्पसलाई ४–० को गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजले युरा किड्स कलेजलाई ६–० को गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा अर्किड कलेजले रेडस्टार कलेज पथरीलाई १–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको उद्घोष दैनिकले समाचार छापेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement