साधारणतया जोर्नी दुख्ने समस्यालाई हामी बोलीचालीको भाषामा बाथ रोग भन्छौं । जोर्नी दुख्नेलाई मात्र बाथरोग भनिन्छ कि यसका अरु पाटो पनि छन् ? बाथ रोग किन हुन्छ ? यसका लक्षण के-के हुन् भन्ने प्रश्न हाम्रो मनमा उब्जिरहेको हुन्छ ।

रोगबारे पर्याप्त जानकारी नहुँदा हामी कतिपय अवस्थामा जसले जे भन्यो, त्यही लहैलहैमा लाग्छौं । दुखाइ निको होस् भनेर जथाभावी औषधि, धूलो, झारपात र झारफुकको पछाडि लाग्दा रोगले जटिल रुप लिइसक्छ, पत्तै हुँदैन ।

Advertisement

यसैले यो लेखमा मैले बाथरोगको लक्षण र उपचारबारे प्रकाश पारेको छु ।

के हो बाथ रोग ?

जोर्नी दुख्ने समस्यालाई बाथरोग भन्ने गरिए पनि अन्य लक्षणको रुपमा पनि यो रोग देखा पर्छ । कहिले काहीँ अन्य रोगसँग मिसिएर पनि देखा पर्न सक्छ ।

बाथरोग सामान्यतया रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) का कारण हुन्छ । यसले धेरैजसो शरीरको जोर्नीका साथै छाला,आँखा, दिमाग, मुटु, फोक्सो, मिर्गौला लगायतमा असर पुर्यासउँछ ।

अउटो इम्युन रोग धेरै प्रकारका हुन्छन् । रोग अनुसारका लक्षण फरक-फरक हुन्छन् ।

साधारणतया बाथका लक्षण यस्ता हुन्छन्:

– हात खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने । बिहान उठ्ने बेलामा जोर्नीहरु करकर गर्ने, केही बेरपछि जोर्नी खुल्दै जाने ।

– चिसो पानी चलाउँदा या जाडो मौसममा हातका औंलाहरु नीलो र सेतो हुने ।

– बिस्तारै जोर्नी र औंलाहरु बाङ्गिएको महसुस हुने ।

– अनुहार, हात र शरीरका अन्य मांसपेशीहरु कस्सिने, छाला नखुम्चने र औंलाका टुप्पोमा घाउ हुने ।

– खोकी लागेर लामो समयसम्म निको नहुने र खोक्दा रगत आउने । फोक्सोमा समस्या हुने ।

– मुख एकदम सुख्खा हुने र पटकपटक खाना निल्दा पानी पिउनुपर्ने । मुख सुख्खा भएर गिजामा घाउ हुने ।

– आँखा सुख्खा हुने, रातो हुने र आँखामा बालुवा पसे जस्तो बिझाउने ।

– थुक निकाल्ने ग्रन्थि सुन्निने, गाला सुन्निएको जस्तो देखिने ।

– हातगोडाका एउटा मात्र औंला सुन्निने । औंलाहरु नीलो वा कालो भएर झर्ने ।

– मुख र गुप्ताङ्गमा बारम्बार घाउखटिरा आउने ।

– लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने ।

माथि उल्लिखित लक्षणहरु हुँदैमा बाथरोग नै लाग्यो भन्ने हुँदैन । तर, बारम्बार यस्ता लक्षण देखिएमा बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उचित हुन्छ ।

बाथरोगका अन्य लक्षण

साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । बूढापाका मानिसमा उमेरको कारण, सामान्य मानिसमा हड्डी खिएर ढाड दुख्ने गर्छ ।

तर, बाथरोगका कारण हुने ढाड दुखाइ भिन्न किसिमको हुन्छ । यस्तो दुखाइ राति बढी हुन्छ र सुतेको बेलामा ओल्टेकोल्टे फेर्न समेत गाह्रो हुन्छ । बिहान उठ्ने बेलामा हलचल गर्न समेत गाह्रो हुन्छ । केहीबेर कसरत वा काम गर्न थालेपछि भने दुखाइ कम हुन्छ ।

यस रोगको समयमा निदान र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्छ र बिरामी हलचल समेत नगर्ने गरी थला पर्छन् ।

बाथरोगका कतिपय यस्ता बिरामीमा छालाको रोग (सोरियासिस),पातलो दिसा हुने (आईबीडी) लगायत पनि हुन सक्छ । आँखा रातो हुने, कुर्कुच्चा जोडसँग दुख्ने, एउटा औंला मात्र सुन्निने पनि हुनसक्छ ।

अन्य बाथरोगमा शरीरका मांसपेशी गल्ने र दुख्ने, छालामा डाबर आउने, कुर्सीमा बसेको मान्छे उठ्न नसक्ने हुने, कपाल कोर्दा समेत हात फतक्क गलेर तल झर्ने लगायत लक्षण देखिन्छन् ।

कतिपय बाथरोग महिलाहरुलाई बढी लाग्छ । त्यसले महिलाहरुको कपाल धेरै झर्न सक्छ । साथै, मुखभित्र घाउ आउने, मुखको छाला जाने, घाममा जाँदा अनुहार रातो हुने र पोतो आएको जस्तो हुने लगायत लक्षण देखा पर्न सक्छन् ।

बाथरोगका कारण टाउको अचानक दुख्ने, आँखा धमिलो हुने र आँखाको ज्योति गुम्ने अवस्था पनि आउन सक्छ । यस्तै,गर्भाशयमा बच्चा नबस्ने र बसेको गर्भ पनि बारम्बार तुहिने समेत हुन्छ । अर्को प्रकारको काथमा पेट दुख्ने र दिसामा रगत आउने गर्छ ।

त्यसैगरी छारेरोगका जस्ता लक्षणहरु, अचानक अन्धोपना, मुख बाङ्गो हुने लगायत लक्षणहरु पनि बाथ रोगमा देखिन्छ ।

विगतमा हाम्रो देशमा बाथरोग विशेषज्ञ (रिउमाटोलोजिष्ट) को अभाव रहेकोले यसको राम्रोसँग पहिचान र उपचार हुन सकेको थिएन । धेरैजसो बिरामीहरु उपचारका लागि भारत लगायत मुलुकहरुमा जाने बाध्यता थियो ।

तर, केही वर्षयता यस रोगको विशेषज्ञता हासिल गरी आएका चिकित्सकहरुको उपलब्धताले स्वदेशमै बाथरोगको उपचार सम्भव भएको छ । यद्यपि विशेषज्ञ चिकित्सकहरुको संख्या कम र बिरामीहरुको संख्या धेरै भएकोले उपचारका लागि धेरै समय कुर्नुपर्ने बाध्यता समेत छ ।

उपलब्ध केही विशेषज्ञ चिकित्सक पनि काठमाडौंमा केन्द्रित रहेकोले राजधानी बाहिर बाथको उपचार अझै सम्भव हुन सकेको छैन । यस विषयको विशेषज्ञ चिकित्सकको संख्या बढाउन हालसम्म सरकारी तवरबाट कुनै पहल भएको छैन ।

बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । यो रोगको औषधि लामो समयसम्म वा बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भए जस्तो देखिने तर औषधि छाडेपछि बल्झने हुन्छन् । बाथ रोग कतिपय अवस्थामा समयमा उपचार नपाउँदा मृत्युको कारण पनि बन्न सक्छ ।

बाथ रोगको परीक्षणमा गरिने आउटो एन्टिबडी जाँचहरु अझैसम्म सरकारी अस्पतालहरुमा नहुँदा यो आम सर्वसाधारणको पहुँचमा आउन सकेको छैन । यदि बाथरोग विशेषज्ञ चिकित्सकहरु सरकारी अस्पतालमा काम गर्ने वातावरण मिलाइदिने हो भने विपन्न नागरिकले पनि सहज रुपमा उपचार पाउने थिए ।

औषधि र उपचार

बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । रोगको बारेमा राम्रोसँग जानकारी गराउनु र सेवन गर्ने औषधिका असरबारे बताउनु पनि चिकित्सककै दायित्व हो । 

हाम्रो देशमा कतिपय चिकित्सकले आत्मसम्मान घट्ला भनेर सकभर अरुकहाँ रिफर नगर्ने प्रवृत्ति छ । यसका कारण पनि बिरामीहरु पीडित हुनुपरेको छ । समयमै सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार पाउँछन् र रोगले जटिल रुप लिन पाउँदैन ।

बाथरोगको उपचारमा हाडजोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुनुपर्छ ।

बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द गर्ने भनेर अनिवार्य रुपमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ । बाथरोगका औषधिहरु इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता घटाउने किसिमका औषधि) भएकोले बेलाबेलामा यी औषधिले पार्ने असर थाहा पाउन रगत तथा पिसाबको जाँच, एक्स रे लगायतका जाँच गर्नुपर्छ ।

खाने औषधि बाहेक नसा वा छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन्, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुई कुनै सातामा एकपटक र कुनै दुई सातामा वा दुई महिनामा एकपटक दिनुपर्ने हुन्छ । खाने औषधिले ठीक नभएमा यी सुई लगाउनुपर्ने हुन्छ । सुई महँगा भए पनि अत्यन्त प्रभावकारी हुन्छन् ।

नेपालमा बाथरोगको अवस्था

विगतमा हाम्रो देशमा बाथरोग विशेषज्ञ (रिउमाटोलोजिष्ट) को अभाव रहेकोले यसको राम्रोसँग पहिचान र उपचार हुन सकेको थिएन । धेरैजसो बिरामीहरु उपचारका लागि भारत लगायत मुलुकहरुमा जाने बाध्यता थियो ।

तर, केही वर्षयता यस रोगको विशेषज्ञता हासिल गरी आएका चिकित्सकहरुको उपलब्धताले स्वदेशमै बाथरोगको उपचार सम्भव भएको छ । यद्यपि विशेषज्ञ चिकित्सकहरुको संख्या कम र बिरामीहरुको संख्या धेरै भएकोले उपचारका लागि धेरै समय कुर्नुपर्ने बाध्यता समेत छ ।

उपलब्ध केही विशेषज्ञ चिकित्सक पनि काठमाडौंमा केन्द्रित रहेकोले राजधानी बाहिर बाथको उपचार अझै सम्भव हुन सकेको छैन । यस विषयको विशेषज्ञ चिकित्सकको संख्या बढाउन हालसम्म सरकारी तवरबाट कुनै पहल भएको छैन ।

बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । यो रोगको औषधि लामो समयसम्म वा बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भए जस्तो देखिने तर औषधि छाडेपछि बल्झने हुन्छन् । बाथ रोग कतिपय अवस्थामा समयमा उपचार नपाउँदा मृत्युको कारण पनि बन्न सक्छ ।

बाथ रोगको परीक्षणमा गरिने आउटो एन्टिबडी जाँचहरु अझैसम्म सरकारी अस्पतालहरुमा नहुँदा यो आम सर्वसाधारणको पहुँचमा आउन सकेको छैन । यदि बाथरोग विशेषज्ञ चिकित्सकहरु सरकारी अस्पतालमा काम गर्ने वातावरण मिलाइदिने हो भने विपन्न नागरिकले पनि सहज रुपमा उपचार पाउने थिए ।

औषधि र उपचार

बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । रोगको बारेमा राम्रोसँग जानकारी गराउनु र सेवन गर्ने औषधिका असरबारे बताउनु पनि चिकित्सककै दायित्व हो । 

हाम्रो देशमा कतिपय चिकित्सकले आत्मसम्मान घट्ला भनेर सकभर अरुकहाँ रिफर नगर्ने प्रवृत्ति छ । यसका कारण पनि बिरामीहरु पीडित हुनुपरेको छ । समयमै सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार पाउँछन् र रोगले जटिल रुप लिन पाउँदैन ।

बाथरोगको उपचारमा हाडजोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुनुपर्छ ।

बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द गर्ने भनेर अनिवार्य रुपमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ । बाथरोगका औषधिहरु इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता घटाउने किसिमका औषधि) भएकोले बेलाबेलामा यी औषधिले पार्ने असर थाहा पाउन रगत तथा पिसाबको जाँच, एक्स रे लगायतका जाँच गर्नुपर्छ ।

खाने औषधि बाहेक नसा वा छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन्, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुई कुनै सातामा एकपटक र कुनै दुई सातामा वा दुई महिनामा एकपटक दिनुपर्ने हुन्छ । खाने औषधिले ठीक नभएमा यी सुई लगाउनुपर्ने हुन्छ । सुई महँगा भए पनि अत्यन्त प्रभावकारी हुन्छन् । अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!