रबिन कटेल

बुधबार बियोन्सेले आफू गर्भवती भएको सूचना इन्स्टाग्राममार्फत दिइन्। उनले एउटा होइन जुम्ल्याहा बच्चा जन्माउने खबरले उनका फलाअर्स खुसी हुने नै भए। तर बियोन्सेको इन्स्टाग्राम पोस्टले गिनिज बुकको रेकर्ड पनि तोडेको छ ।

Advertisement

बियोन्सेको सो इन्स्टाग्राम पोस्ट सोसल मिडियाको इतिहासमै सबैभन्दा बढी लाइक प्राप्त गर्ने पोस्ट बनेको छ। १६ घण्टामा उनको पोस्टले ७५ लाखभन्दा बढी लाइक प्राप्त गरेको छ। उसो त उनले पोस्ट गरेको आधाघण्टैमा १४ लाख लाइक भइसकेको थियो।

यसअघि सेलेना गोमेजको इन्स्टाग्राम पोस्टले ६३ लाख लाइक प्राप्त गरेको थियो। एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement