
विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते राजीनामा दिने तयारी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि बालेनले मेयर पदबाट राजिनामा दिने तयारी गरेका हुन् ।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी पनि गरिरहेका छन् । यसका लागि उनले आइतबार झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरेको थिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न माघ ६ गतेको समय तोकिएको छ । रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ ।

संगालोखबर 













