धनकुटा, २८ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा आज विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच खेल हुँदैछ ।
सेमिफाईनल प्रवेशका लागि विर्ता र गोधुली आम्नेसाम्ने हुन लागेका हुन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । ‘ए’ डिभिजन क्लव झापा–११ का अधिकांस खेलाडीका साथ विर्ता यूनाईटेड मैदान उत्रदैछ ।
झापा–११ का बुद्ध चेम्जोङ, योगेश गुरुङ लगायत खेलाडी विर्ताबाट खेल्दैछन् । यता, गोधुली क्लवमा पनि ‘ए’ डिभिजन क्लवका खेलाडीहरु सामेल रहने बताईएको छ ।
चर्चित खेलाडीहरुका लागि दुवै टिम मैदानमा उत्रने भएकाले खेल रोमान्चक बन्ने आयोजक समिति सदस्य गोविन्द राईले संगालोखबरलाई बताएका छन ।
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. मोरङ सेमिफाईनल पुगेको छ । वेलवारीले भोली हुँने पहिलो सेमिफाईनलमा ब्वाईज यूनियन काठमाण्डौको सामना गर्नुपर्नेछ ।
प्रतियोगितामा ६ टिम मात्र सहभागि रहेकाले ‘वाई’ पाएर ब्वाईज यूनियन सेमिफाईनल पुगेको हो । यता फ्यान्स क्लव वि.आर.सी. भुटान पनि ‘वाई’ पाउँदै सेमिफाईनल पुगेको छ ।
आज बिजयी हुँने टिमले शुक्रवार हुँने दोस्रो अर्थात अन्तिम सेमिफाईनलमा साविक विजेता वि.आर.सी. भुटानसँग फाईनल प्रवेशका लागि भिड्नुपर्नेछ ।
हिजोबाट सुरु भएको प्रतियोगिता भदौ ३१ गतेसम्म सञ्चालन हुदैछ । भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा संगालोखबर पनि रहेको छ ।
यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…
भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)
आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै
धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप