संगालोखबर

धनकुटा । पहिरो खसेर अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडकअन्तर्गत भेडेटार–राजारानी खण्ड सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिकाको कुइभीर र ओढारे भीरमा हिरो खस्दा सडक अवरुद्ध बनेको थियो । शनिबार राति खसेको पहिरोका कारण आइतबार दिनभरजसो सवारी सञ्चालन हुन सकेको थिएन ।

Advertisement

पहिरो पन्साएर सडक खुलाइएको जानकारी इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले दिएका छन् । आज बिहानदेखि उक्त सडक खण्डमा यातायातका साधन सञ्चालन हुन थालेको उनले बताए ।

सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन रोकिएका थिए । सयौं यात्रु गन्तव्य पुग्न नपाएर अलपत्र परेका थिए ।

भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किलोमिटर लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेका छन् । कालोपत्र गर्ने अन्तिम तयारीमा रहेको उक्त सडक वर्षाले प्रभावित बनाएको छ ।

पहिरोले भेडेटार–राजारानी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!