संगालोखबर

झापा । प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा झापाका हर्कबहादुर राई पहिलो हुँदै ‘मिस्टर कोशी च्याम्पियन’ बनेका छन् । आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले च्याम्पियन बन्दै १ लाख ५० हजार र ट्रफी प्राप्त गरे ।

Advertisement

प्रतियोगिताको फर्स्ट रनरअप झापाका अभिजीत राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाए । यस्तै, मोरङका टंकबहादुर मगर सेकेन्ड रनरअप बने । उनले नगद ५० हजार र ट्रफी पाए ।

चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने । उनले नगद ३० हजार पुरस्कार पाए भने पाँचौँ स्थानमा रहन सफल उदयपुरका ५५ केजीका अनिश राईले नगद २० हजार प्राप्त गरे । प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।

बोर्डका सदस्य गौरीमान राई, उद्योगी टिकाराज ढकाल, झापाका खेलकुद अगुवा जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

कोशीका विभिन्न जिल्लामा असारदेखि खेलकुदका १२ प्रतियोगिता

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!