अभिनेत्री सोनाक्षी सिन्हाले छिट्टै नै बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । हाल माल्दिभ्समा बिदा मनाइरहेकी उनी बन्टी सजदेहको सम्बन्धमा छिन् ।

रमाइलो गर्दै सामाजिक संजाललाई रंगीन बनाइरहेकी यि सुन्दरी नायिकाले भने विहेको बारेमा खुलेर मुख नफोरे पनि भारतीय एउटा चर्चित वेबसाइटले भने यी दुई अब छिट्टै विवाह गर्ने तयारीमा रहेको दाबी गरेको छ ।

बन्टी सजदेह सलमानकी भाइबुहारी सीमाका भाइ भएको र परिवारले यो विवाहका लागि अनुमति दिइसकेको उक्त वेभसाइटले जनाएको छ । तर, यसमा कति सत्यता छ भन्ने त यी दुईले बताएपछि नै थाहा होला । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!