नाच्न नजान्ने आँगन टेडो । कतिपय प्रयोग र विधीमा हामी चुकिरहेका हुन्छौ, अनि दोष चाहि अरुलाई दिइन्छ । खासगरी सौन्दर्य प्रसाधनको प्रयोगमा हामी यस्ता गल्ती दोहोर्‍याइरहेका हुन्छौ ।

किनभने सबैखाले सौन्दर्य प्रसाधन सबैखाले छाला, केसका लागि उपयोगी हुदैन । यो छाला तथा केसको प्रकृति अनुसार भिन्न भिन्नै गुणका हुन्छन् । एकखाले छालाको लागि अर्कोखाले प्रसाधन प्रयोग गर्दा त्यसले राम्रो नतिजा दिदैन ।

हामी साबुनको प्रयोग गर्छौ, नुहाउन होस् वा हात धुन । आफ्नो छालाको प्रकृति अनुसार कुन खालको साबुन प्रयोग गर्ने ? अन्य सौन्दर्य प्रसाधन जस्तै साबुन पनि भिन्न भिन्नै हुन्छ ।

१. एन्टिब्याक्टेरियल साबुन

बजारमा उपलब्ध एन्टिीब्याक्टेरियल साबुनमा ट्राइक्लोसन र ट्राइक्लोकार्बन जस्ता एन्टिब्याक्टेरियल एजेन्ट हुन्छ । यस प्रकारको साबुनको अधिक प्रयोगले तपाईको छालामा रुखोपन आउन सक्छ । तैलिया छाला भएकाहरुका निम्ति भने यो साबुन लाभदायक हुन्छ । अन्यथा यसले रुखोपना ल्याउँछ ।

२.मोश्चराइजर साबुन

रुखो छाला भएकाहरुका लागि विशेष किसिमको मोच्चराइजर साबुन बजारमा पाइन्छ । यस किसिमको साबुनमा तेल, शिया बटर, पैराफिन वाक्स, ग्लिसिरीन जस्ता कुरा प्रयोग गरिएको हुन्छ । यसले छालालाई मुलायम बनाउन सहयोग गर्छ । रुखो छाला भएकाहरुका लागि यो फाइदाजनक हुन्छ ।

३.ग्लिसरिन साबुन

ग्लिसरिनयुक्त साबुन मेडिकेटेड मोश्चराइजर साबुन हो । यो कम्बिनेसन स्किनमा सहि हुन्छ । अर्थात फुस्रो र तैलिया दुबै प्रकृतिका छालामा यसको प्रयोग गर्न सकिन्छ । साथै रुखो र संवेदनसिल छालामा पनि यो लाभदायक हुन्छ ।

४ अरोमा थेरापी साबुन

यस किसिमको साबुनमा एन्सिशिअल आयल र सुगन्धित फूलको मिश्रण हुन्छ । यसले आरमदायक, शान्त, प्रशन्न र तनावमुक्त राख्न सहयोग गर्छ । यो कम्बिनेसन स्किनको लागि लाभदायक हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!