के तपाइँले प्रायः स–साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्झिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढि तनावमा रहन्छन् ।

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

Advertisement

गोलभेँडा –  गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

ओखर–  जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

स्ट्रबरी – यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

दही – दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

जाइफल – जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

तुलसी – मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २ ण्३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

अलैँची – अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!