काठमाडौं । सरकारले बिभिन्न मुलुकमा स्थापना गरेको राजदूतावास तथा कूटनीतिक नियोगको घरभाडा तिर्नमा मात्रै अरबौ रुपैयाँ खर्च गर्दै आएको छ । ती स्थानमा समयमै आफ्नो भवन बनाउँन नसक्दा राज्यकोषबाट बार्षिक अरबौं रुपैयाँ घरभाडामा मै खर्चनुपर्ने बाध्यता छ ।

Advertisement

कतिपय स्थानमा त बर्षौं अघिदेखि नै जग्गा किनेर राखिएपनि भवन बन्न सकेको छैन । जसका कारण जग्गा वेवारिसे जस्तै बन्न पुगेको छ । खरिद गरिएको जग्गामा भवन बनाउँन नसक्दा तथा अन्य स्थानमा पनि जग्गा किनेर समयमै भवन बनाउँने प्रकृया थाल्न नसक्दा राज्यकोषबाट बार्षिक साँढे ३ अर्बभन्दा बढी रकम घरभाडामै बाहिरिने गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यो बिगत पाँच बर्षयताको खर्च विवरण हो ।

यसैगरी, परराष्ट्र मन्त्रालयले प्रयोगबिहिन जग्गाको बार्षिक भाडासमेत ८ लाख ५० हजारभन्दा बढी तिरिसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयको ५७ औं प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७१/०७२ देखि आ.ब.०७५/०७६ सम्म आईपुग्दा बिभिन्न देशमा रहेका कूटनीतिक नियोगको घर भाडामा मात्र सरकारले ३ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको पाईएको छ । -मधुजंग पाण्डेले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!