घरमा पाँच वर्षभन्दा कम उमेरका बच्चा छन् ? उसलाई के खुवाउने गर्नुभएको छ ? बच्चाको उमेरअनुसार फरक–फरक आहार आवश्यक पर्छ । पोषणमा तल–माथि भएमा अत्यधिक मोटो तथा कुपोषणको सिकार हुने खतरा रहन्छ । बच्चाको शारीरिक र मानसिक विकासमै असर पुग्छ । त्यसैले कुन उमेर र समयमा बच्चालाई कस्तो खाना खुवाउने भन्ने विचार पु¥याउनुपर्छ । नर्स रूपा केसीले टिप्स दिएकी छिन्ः

Advertisement

जन्मेदेखि ६ महिनासम्म
बच्चा जन्मेको एक घन्टाभित्र खानपान गराउनु हुँदैन । यो उमेरमा पानी पनि खुवाउनु हुँदैन । किनभने, आमाको दूधबाट आउने पानीको मात्रा नै बच्चाका लागि पर्याप्त हुन्छ । ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य खानेकुरा तथा झोल कुरा नखुवाउनु नै राम्रो हुन्छ । आवश्यक नै प¥यो भने केही पोषण दिनुपर्ने हुन सक्छ । यो अवधिमा २४ घन्टामा १० पटक बच्चालाई खुवाउनुपर्छ । दूध चुसाउ“दा एउटा स्तनबाट कम्तीमा पनि १५ मिनेटसम्म चुसाउनुपर्छ । आमाले पालैपालो गरेर दुवै स्तनको दूध सकिने गरी चुसाउनुपर्छ । यसले आमाको स्तनमा समस्या हुन पाउँदैन ।

६ महिनादेखि एक वर्षसम्म
६ महिना पूरा भएपछि बच्चालाई आमाको दूध मात्रै पर्याप्त हुँदैन । आमाको दूध पेट भरिने गरी आए पनि आमाको दूधमा आवश्यक पोषणको कमी हुन सक्छ । तर, आमाको दूध चुसाउन छोड्नु भने हुँदैन । आमाको दूध निरन्तर खुवाउनुका साथै लिटो, पोसिलो जाउलो, खिचडी खुवाउनुपर्छ । हरेक दिन एकपटक मौसमअनुसारको फलफूल खुवाउनुपर्छ । दिनमा कम्तीमा तीनपटक स्तनपान गराउने, दुईपटक खाना र एकपटक खाजा खुवाउनुपर्छ ।

एक वर्षदेखि दुई वर्षसम्म
वर्षदिन पूरा भएका बच्चालाई पोषण बढाउनुपर्छ । एकदेखि दुई वर्ष उमेरका बच्चालाई आमाको दूधका साथै नियमित खाना खुवाउनुपर्छ । खानामा गेडागुडी, कुखुराको अन्डा, सागपात मिचेर खुवाउनुपर्छ । लिटो, जाउलो, खिचडी, चिउरा, रोटी, भटमास, गेडागुडी मिसाएको पोषिलो खाना पनि खुवाउनुपर्छ । खाना तथा खाजामा घिउ, तेल आदिको मिश्रण गरी थप पोषिलो बनाउन सकिन्छ । नियमित स्तनपानका अतिरिक्त दुईपटक खानाका साथै दिनमा तीनपटक खाजा खान दिनुपर्छ ।

दुई वर्षदेखि पाँच वर्षसम्म
दुई वर्ष नाघेका तथा पाँच वर्षमुनिका बच्चालाई खानाको मात्रा झन् बढाउनुपर्छ । नियमित रूपमा खाने खानासँगै सागपात, गेडागुडी र अन्डा मिसाएर खुवाउनुपर्छ । बिहान र बेलुका एक–एक कप गाईको दूध खुवाउनुपर्छ । बिहानको समयमा खिचडी, लिटो, चिउरा खुवाउनु राम्रो हुन्छ । खानामा घिउ, नौनी मिसाएर खुवाउनु उत्तम हुन्छ । दिनमा तीनपटक खाना र दुईपटक खाजा अनिवार्य खुवाउनुपर्छ ।

र, यो पनि
बच्चाको पोषण स्थिति थाहा पाउन जन्मेदेखि २३ महिनासम्म प्रत्येक महिना तौल जा“च गर्नुपर्छ । दुई वर्षदेखि ३५ महिनासम्मका बच्चालाई प्रत्येक दुई महिनामा एकपटक तौल लिनुपर्छ । ३५ महिना देखि ५९ महिनासम्मको बच्चालाई भने प्रत्येक चार महिनामा एकपटक तौल लिँदा हुन्छ । यसका साथै पाखुराको नाप पनि लिने गर्नुपर्छ । यो अवधिमा तोकिएका खोप तथा भिटामिन नियमित लगाउने तथा खुवाउने गर्नुपर्छ । नयाँ पत्रिकाबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!