भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको प्रेम कसैबाट छिपेको छैन । उनीहरु धेरै समय एक-अर्काबाट टाढा रहन सक्दैनन् भन्ने पनि धेरैलाई थाहा छ ।

कोहली अहिले काँधको चोटका कारण क्रिकेटबाट टाढा भएका छन् । आइपिएलमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोरले पराजय व्यहोरिरहँदा उनी दर्शक दिर्घामा बसेर टुलुटुलु हेर्न बाध्य छन् ।

यही बीचमा उनकी प्रेमिका अनुष्का आफ्नो आगामी फिल्म ‘फिलौरी’ को सुटिङमा व्यस्त थिइन् । तर, हालै आफ्ना घाइते प्रेमीलाई भेट्न उनी बैंगलोरसम्म पुगेको खबर छ ।

सामाजिक सञ्जालमा बिराट र अनुष्काका केही तस्बिर तथा भिडियो छरिएका छन् । भिडियोमा उनीहरु एउटा गाडीभित्र पसिरहेका देखिन्छन् । यीनै फोटो र भिडियोलाई लिएर टि्वटरमा #viruska ह्यासट्याग ट्रेन्ड भएको थियो ।

गत भ्यालेन्टाइन डेका दिन बिराटले अनुष्कासँगको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै पहिलोपटक आफूहरुबीचको प्रेम स्वीकार गरेका थिए । यसअघि उनीहरुबीच फाटो आएको समाचार पनि फैलिएको थियो ।

खबर अनुसार बिराटले चाँडै बिहे गर्न दवाव दिइरहेका थिए भने अनुष्का आफ्नो करिअर अघि बढाउन चाहन्थिन् । यसै विषयमा उत्पन्न भएको फाटोलाई उनीहरुले अहिले सुल्झाएको प्रतित हुन्छ ।-अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!