नायिका रेखा थापाले अभिनय गर्ने प्राय चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक हुन्छ । तर, चैत्र १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पलाँस’लाई भने १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका छन् । रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाँस’लाई चलचित्र सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको हो ।

Advertisement

मंगलबार बेलुकी सेन्सर सकेपछि निर्मात्री कृषा चौलागाइले भनिन्–‘चलचित्रको केहि संवादका कारण एडल्ट सर्टिफिकेट मिलेको हो । तर, सेन्सरले कुनै दृश्य र संवाद काटेको छैन ।’ रेखा थापा, अयुव केसी र कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

चलचित्रमा रेखा ‘शिक्षिकादेखि कल गर्ल’को भूमिकामा देखिएकी छिन् । दर्शकले रेखाको भिन्न अवतार यो चलचित्रमा हेर्न पाउनेछन् ।-अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!