गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

जस्तैः

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।

– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।

– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

– यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।-पुर्वेली न्यूज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!