हरेक मानिसको केहि अनौठा स्वभाव एवं प्रवृत्ति हुन्छ । यसबाट अछुतो छैनन्, बलिउडकर्मी पनि । बलिउडका केहि यस्ता सेलिब्रेटी छन्, जसको स्वभाव अनौठो छ । चाहे सुष्मिता सेनको कुरा गरौं वा शाहरुखको । यस पंक्तिमा अभिताभदेखि करिनासम्म छन् ।

Advertisement

बाथरुम बाहिर नुहाउने सुष्मिता

सुष्मिता सेन खुला आकासमुनी नुहाउन चाहन्छिन् । उनलाई बाथरुममा भन्दा खुला स्थानमा नुहाउन बढी आनन्द लाग्ने बताइन्छ । त्यसैले त उनले आफ्नो घरको छतमा बाथ टप राखेकी छिन् । त्यस्तै अर्को पनि उनको अनौठो बानी छ, सर्प पाल्ने । सुष्मिताले घरमा पाइथन नामक सर्प पालेकी छिन् ।

ट्वाइलेटमा मेवा खाने जितेन्द्र

अभिनेता जितेन्द्रको अनौठो बानी छ, ट्वाइलेटमा पनि मेवा खाने । उनी अक्सर ट्वाइलेट बसेपछि मेवा खान रुचाउँछन् । र, ट्वाइलेटमा मेवा लिएरै जान्छन् ।

जुत्ता नखोल्ने शाहरुख

बलिउड बादशाह शाहरुख जुत्ता खोल्न जाँगर चलाउँदैनन् । उनी दिनमा एक पटक मात्र खोल्छन् । कहिले कहिं त ओछ्यानमा पनि जुत्ता लगाएरै पुग्छन् ।

नङ टोक्ने करिना

अभिनेत्री करिना कपुरको बानी चाहि बच्चाको जस्तै छ । उनी नङ टोकिरहेकी हुन्छिन् । यो बानीबाट अझैपनि उनले छुटकारा पाउन सकेकी छैनन् ।

बाथरुममा लामो समय बिताउने सैफ

अभिनेता सैफ अली खानको नराम्रो बानी छ, बाथरुममा समय बिताउने । उनी बाथरुम पसेपछि धेरै समय बिताउँछन् । त्यही कारण उनको बाथरुममा पुस्तकालय र टेलिफोन एक्सटेन्सन पनि छ ।

नुहाउन मन नगर्ने आमिर

मिस्टर पफ्रेकक्शनिस्टसँग पनि खराब बानी छ । उनी नुहाउन जाँगर चलाउँदैनन् ।

दुई हातमा घडी अमिताभको

अमिताभ बच्चन दुबै हातमा घडी लगाउँछन् । जब अभिषेक पढ्नको लागि विदेश गएका थिए, त्यसबेला भारत र त्यहाँको टाइमजोनको कारण उनले दुईवटा घडी बाँधेका थिए । अहिले उनको यो स्टाइल नै भएको छ ।

खुट्टा धोइरहने सन्नी

सन्नी लियोनीको बानी अनौठो छ । उनी पटक पटक खुट्टा धोइरहन्छिन् । जिस्म-२ को सुटिङमा उनको यस बानीले क्रु मेम्बर्स हैरान भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!