हामी ऊर्जा पाउन केरा खान्छौं । तर जापानीहरु भने आफ्नो तौल घटाउनका लागि आफ्नो दिनको सुरुवात केरा र मनतातो पानीले गर्दछन् । विज्ञका अनुसार यसले तौल तीब्र रुपमा कम हुने र यो वैज्ञानिक रुपमा नै पुष्टि भइसकेको बताइएको छ । तर यसले तौल मात्र घट्ने नभई यसका अन्य फाइदा पनि छन् ।

Advertisement

यसकारण निकै छिटो घट्छ तौलः

विज्ञका अनुसार मनतातो पानी पिउँदा शरिरको मेटाबोलिजम बढ्छ । मेटाबोलिजम बढ्नुको अर्थ बोसो घटाउने शक्ति बढ्नु जसले तौल घटाउन सहयोग गर्दछ ।

– केरा खाँदा शरिरले पूर्ण रुपमा ऊर्जा पाउँदा र पेट भरिएको महसुस हुन्छ । यो हुँदा शरिरले केही खाने इच्छा कम हुन्छ । जब कसैले कम खान्छ तब तौल नियन्त्रणमा त हुने नै भयो ।

– मनतातो पानी र केरा खाँदा पाचन क्रिया पनि सुधार आउँछ । यसले तौल घटाउनमा सहयोग गर्दछ ।

कसरी अनुसरण गर्ने यो तरिकाः

बिहान उठ्ने बित्तिकै एक ग्लास मनतातो पानी पिउने । त्यसको आधा घण्टा पछि दुईवटा केरा खाने । यो डाइटलाई जापानमा असा डाइटको नामले चिनिन्छ । यो तरिका हितोशी र सुमिको नामका दुई जापानीले प्रतिपादन गरेका थिए । अहिले तौल कम गर्न जापानमा यसलाई सबैभन्दा चर्चित तरिका बताइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!