अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक ताराको वरिपरि धर्तीको आकारका सात ग्रहबारे पत्ता लगाएको छ जुन आफैंमा एक रेकर्ड हो ।

वैज्ञानिकका अनुसार यी सबै सात ग्रहको सतहमा, यिनका अन्य विशेषताहरुको आधारमा, पानी पाइने पूरा सम्भावना छ ।यीमध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको र यो ग्रह ‘बस्न लायक’ भएको वैज्ञानिकको दाबी रहेको छ ।

Advertisement

 

यी सातै ग्रह ट्«याप्पिस्ट–१ नामको तारो वरिपरि फैलिएका छन् । यो तारा धर्तीभन्दा ४०प्रकाश वर्ष टाढा छ । यो आकारमा सानो र चिसो तारा हो ।

नेचर पत्रिकामा बताए अनुसार नासाको स्पिट्जर स्पेश दूरबिन र सतहबाट जोडिएका केही खगोल केन्द्रको मद्दतले यी ग्रहको खोजी गरिएको हो ।

बेल्जियम युनिभर्सिटी अफ लेजका चर्चित माइकल गिल्लन भन्छन्, ‘यी सबै ग्रह एकअर्काको नजिक छन् । साथै, यी सातै ग्रह आफ्ना ताराभन्दा निकै नजिकको स्थितीमा छन् । यसको स्थिती वृहस्पतीको नजिक रहेको चन्द्रमाहरुसँग निकै मिल्दोजुल्दो छ ।’

 

माइकल थप्छन्, ‘तारा यति धेरै चिसो र आकारमा यति सानो छ कि यी सातै ग्रहको तापक्रम समतिशोष्ण भएको अनुमान गर्न सकिन्छ । यसको अर्थ यो हुन्छ कि यसमा पानीको सम्भावना अत्यधिक छ । जसका कारण त्यहाँको सतहमा जीवनको सम्भव हुनसक्छ ।’

ट्र्याप्पि–१ का तीन ग्रह परिभाषका अनुसार पारम्परिक आवसीय क्षेत्रमा छ । यहाँको सतहमा पर्याप्त वायुमण्डलीय दबाबका कारण पानी हुनसक्छ ।

यो नयाँ खोजको बारेमा वैज्ञानिक नयाँ पत्ता लागेका यी ग्रहहरु धर्तीको आकारको मात्र नभई ट्र्याप्पिस्ट–१ निकै छोटो र धमिलो तारा भएका कारण उनीहरु उत्साहित छन् । यसका कारण दूरबिनमार्फत ग्रहको अध्ययन गर्ने बेला यी ग्रहहरु खोज्न सजिलो भयो किनभने यो अरु ताराभन्दा कम चम्किलो थियो ।

यसले अब निकै टाढा अवस्थित संसार र त्यसको वायुमण्डल बारे अनुसन्धान गर्ने नयाँ अवसर पैदा भएको छ ।

अनुसन्धानको दोस्रो चरण सुरु भइसकेको छ । यसमा वैज्ञानिकहरु अक्जिन र मिथेनजस्ता महत्वपूर्ण ग्यासको खोजी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!