खानाको स्वाद बढाउनको लागि हामीहरु प्राय: अचारको प्रयोग गर्छौँ । तर यो बानीले हामी धेरै रोगहरुलाई निम्ता दिईरहेका हुन्छौँ । जुन हामीलाई थाहा हुन्न । खानासँग गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ ।

नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने नोक्सानका बारेमा जानकारी दिँदैछौँ । – खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको मात्रा कम गराउँछ र हड्डी कमजोर बनाउँछ ।

१. खानासँग अचार खाँदा शरीरमा सोडियमको मात्र बढ्छ, जसले रक्तसञ्चारको समस्या शुरु हुन्छ ।

२. अचारमा भएको सोडियमले रक्त सञ्चारमा गडबड गराउँछ । जसले मुटु सम्बन्धि रोगहरुको सम्भावना बढ्छ ।

३. अचारको प्रयोगले दिमागमा पनि असर पुर्याउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ ।

४. अचार धेरै प्रयोग गर्नाले पेटको क्यान्सरको सम्भावना बढेर जान्छ ।

५. अचारमा भएको सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको सम्भावना बढ्छ ।

६. अचारमा भएको सोडियमले कपाल झर्ने समस्या हुन्छ ।

७. अचारमा भएको सोडियमले शरीरमा पानीको कमी गराईदिन्छ । यसले डिहाईड्रेसनको समस्या हुन्छ ।

८. गालेको गुलीयो अचारमा सुगरको मात्रा धेरै हुन्छ । यसलाई धेरै प्रयोग गर्नाले डायबिटिजको समस्या बढ्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!