गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

बनेपा । काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो । जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिनुभयो । कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्च...
आपराधिक घटनामा संलग्न छ जना पक्राउ

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

रत्ननगर (चितवन) । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राज...
माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ । मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । राति पौने १२ बजे उनीहरुले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । न्यौपानेलाई प्रहरील...
भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हज...
अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

काभ्रे । अत्याधिक वर्षाका कारण साविक उग्रचण्डी नाला हाल बनेपा नगरपालिका– ३ र ४ मा उत्पादित सागपातको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका हुन् । उत्पादित सागपातमा पानीले क्षति पु¥याएका कारण किसानले उचित मूल्य नपाएका हुन् । लगातारझरिका कारण उत्पादन बढेपनि पानीले सागपात नै कुहिने अवस्थामा पुगेको स्थानीय सरस्वती बजगाईंले बताउनुभयो । आफूले लगाएको सागतपातमध्ये काउली र बन्दामा पानीले अत्याध...
सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

काठमाडौ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ । सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् । जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ ।
धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

बागलुङ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकत...
पेस्तोलसहित पक्राउ

पेस्तोलसहित पक्राउ

धनुषा। जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्य...
पसलमा भीषण आगलागी

पसलमा भीषण आगलागी

खजुरा (बाँके) । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ । करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पस...
काठमाडौं महानगरपालिकामा एमाले बिजयी

काठमाडौं महानगरपालिकामा एमाले बिजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरि...
नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

नुवाकोट। तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दराद...
हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु

हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु

दमास्कस (सिरिया)। सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ । रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे ...
अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु

दमौली। तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै आज अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका परियारलाई बाटोमा ५०÷६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बना...
साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौ। धितोपत्र बजारमा दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ । गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको...
सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम

सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम

  बनेपा । लोपोन्मुख सालकको संरक्षण गर्न काभ्रेपलाञ्चोकको दुई सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई आज पाँचखालमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालिम दिइएको छ । तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा भएकाले व्यावसायिक तरकारी खेतीको माध्यमबाट सालकको बासस्थान सुरक्षित गर्न सकिने विश्वास कृषकले गरेका छन ्। उनीहरुले भनेका छन् – कृषिका लागि शत्रुजिव मानिएका धमिरा र कमिला खाएर ...
कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौ। निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीति...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

म्याग्दी । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।...
नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले मध्यपुरथिमि नगर समितिले थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा आयोजना गरेको रक...
विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

सल्लेरी (सोलुखुम्बु) ।काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सह–...
हजार दिनका आमाका लागि पोषण तालिम

हजार दिनका आमाका लागि पोषण तालिम

रोल्पा । सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो ...
निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

पर्सा। स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेख...
उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

जुम्ला । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिनुभयो । भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भ...
काममा समन्वय नहुँदा जनतालाई सास्ती

काममा समन्वय नहुँदा जनतालाई सास्ती

जनकपुरधाम। एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण का...
जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जथाभावी बाटो...
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङबाट चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । मेलम्ची नगरपालिका भोटेचौरका भीमबहादुर तामाङको बा८३प ९४३० नंको २२० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिका–११ कटुञ्जेका२२ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गानाका अनुसार पक्राउ परेका तामाङलाई बिहीबार ...
कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ । त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ । वडा नं १२ मा एमाले विजयी यस्तै वडा नं १२ क...
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि हुनुहुन्छ । उपप्रमुखमा भने का...
दुर्लभ भाले घडियाल गोही म¥यो

दुर्लभ भाले घडियाल गोही म¥यो

रत्ननगर ९,चितवन। चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको घडियाल गोही महाजालमा अड्किएर मरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र वयस्क भाले घडियाल गोही जालमा अड्किएर मरेको हो । विश्वमा घडियाल गोहीलाई दुर्लभ मान्ने गरिन्छ । खोरिया मुहान क्षेत्रमा जालमा अड्किएर मरेको अवस्थामा दुर्लभ गोही फेला पार...
मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले...
संसद् अवरुद्ध

संसद् अवरुद्ध

  काठमाडौँ। व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्...
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

रसुवा। गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहब...
error: Content is protected !!