ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते
डडेल्धुरा, १६ माघ । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल...





























