रासस

राजविराज, १८ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ ।

सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!