रासस

मनाङ, १७ माघ ।  मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् ।

जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन ।

Advertisement

यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन् ।

उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, करु पिस्ने गरेको वडार गाउँकी मीनकासी गुरुङले बताउनुभयो ।

प्रत्येक गाउँमा एउटा पानीघट्ट रहेको र पानी घट्टकै सहरामा गुजारा चलाएको चामे गाउँपालिकाकी खरीमाया गुरुङले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!