प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी
काठमाडौं, १५ माघ। प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानून संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
७७ जिल्लाका सीडीओले आफूहरुको सुझावविपरीत जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकार मातहत राखिए प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनी दिएको समाचारलाई आज राजधानी दैनिकले छाप...



























