काठमाडौं, ३ वैशाख। बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ । शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो ।
प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ । तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अवस्थामा शव भेटिएको थियो, बलात्कार प्रयास जस्तो देखिएको छ । उनीहरु वितग ५ महिनादेखि सुकुम्बासी टोलमा सँगै बस्दै आएका थिए ।
आपसी विवादमा झगडा हुँदा टाउकोमा ढुंगाले हानेर उनले हत्या गरेका हुन् । आइतबार बेलुका नै अभियुक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्दैछ। महानगरीय प्रहरी परिसरले घटना विवरण सार्वजनिक गर्न लागेको हो ।