काठमाडौं, ४ वैशाख। संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । यसका लागि दुई समितिले गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।
एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले त्यसको गृहकार्य गरिरहेको छ भने, राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङ नेतृत्वको समितिले काम गरिरहेको छ ।
प्रतिनिधि सभा संयोजनक पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागे र पुर्पक्षका लागि थुनामा राखिए ती सासंदको पद स्वतः जानेगरी व्यवस्था नियमावलीमा राख्न लागिएको जानकारी दिए ।
मंगलबार काठमाडौमा भएको एक कार्यक्रममा संयोजक पोखरेलले विगतमा मुद्दा लागेर जेलमै रहेपनि ससंद पद रहिरहने व्यवस्था थियो । तर, अव व्यवस्था परिवर्तन गरेर मुद्धाको अन्तिम फैसला नभएसम्म निलम्बनको व्यवस्था गर्न लागिएको हो ।
फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । ‘कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था नियमावलीले गर्छ’, पोखरेलको भनाई छ ।