बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक
काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो ।
हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्...



























