अनलाइनखबर

गुल्मी, ७ जेठ । गुल्मीमा जाँड रक्सी निषेध तथा लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने माग गर्दै महिलाहरुले अभियान शुरु गरेका छन् ।

Advertisement

नेपाली कांग्रेसले गुल्मीले शुरु गरेको गाउँ जाऔं, गाउँमै रमाऔं भन्ने ५० दिने महाअभियान कार्यक्रम अन्र्तगत महिला विभागको आयोजनामा उक्त अभियान शुरु गरेका हुन् ।

महाअभियानको अभियानको पाँचौ र छैटौं हप्तामा उनीहरुले सदरमुकाम तम्घाससहित गाउँगाउँमा पुगेर जाँड रक्सी निषेध गर, महिला हिंसा बन्द गर, जातीय विभेद अन्त्य गरौं, रक्सी बेच्ने लाइसेन्स खारेज गर, बालश्रम अन्त गराैं, समान कामको समान ज्याला लागु गर जस्ता दर्जनौ नाराहरु लेखिएका प्लेकार्डहरु बोकेर महिलाहरुले जनचेतना अभियान शुरु गरेका छन् ।

मादक पदार्थको सेबनका कारण समाजमा कतिपय नावालीकादेखि बृद्ध आमाहरुसम्म बलात्कारको शिकार हुनु परेको भन्दै अभियान थालेको नेपाली कांग्रेस गुल्मीकी सचिव बिष्णुकुमारी सापकोटालेले बताइन् ।

उनीहरुले जबसम्म यस्ता पदार्थको उत्पादन र विक्री वितरण रोकिंदैन तवसम्म गतल प्रवृतिको पनि अन्त्य नहुने बताएका छन् ।

समाजमा त्यस्ता प्रकारका अपराधिक गतिविधिहरु बढ्नुमा मुख्य जड मादक पदार्थको सेवननै मुख्य कारक रहेको उनीहरुको निष्कर्ष छ ।

आउँदा दिनहरुमा उनीहरुको सुरक्षाका लागि पनि सरकारले यस्ता मादक पदार्थ उत्पादनदेखि बिक्री वितरण गर्ने लाइसेन्ससमेत तत्कालै खारेज गर्नुपर्ने धारणा नेपाली कांग्रेसकी सचिव सापकोटाले बताइन् ।

महिला विभाग प्रमुख अमृतादेवी कुँवरले ५० दिने महाअभियान अन्तर्गत महिला विभागले जिल्लामा बालश्रम, लैंगिक हिंसा, समान कामको समान ज्याला जस्ता मुद्दाहरुलाई पनि अघि सारेर जनचेनता जगाउने काममा आफूहरुअघि बढेको सापकोटाले बताइन् ।

जनचेतनामूलक अभियान अन्तर्गत महिला विभागले जिल्लाको रेसुंगा र मुसिकोट नगरपालिका, मालिका, छत्रकोट र चन्द्रकोट गाउँपालिकामा पुगेर स्थानीय स्तरमा छलफल, अन्तरक्रिया र र्‍यालीहरु निकाल्दै गलत काम र गलत संस्कारका बिरुद्धमा जनचेतना जगाउन शुरु गरेको महिला विभागकी सदस्य सचिव सरिता पन्थीले बताइन् ।

अभियान अन्तर्गत सदरमुकाम तम्घासमा पनि उनीहहरुले र्‍यालीसहित बजार परिक्रमा गर्दै कार्यक्रमको आयोजना गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!