काठमाडौं,७ जेठ । यातायात क्षेत्रमा व्याप्त आलोपालो प्रथा सिन्डिकेट तोड्न सफल भएको सरकारले अन्य सार्वजनिक सेवाको क्षेत्रमा व्याप्त मिलेमतो र कार्टेलिङ अन्त्य गर्न कठोर नीति लिने भएको छ ।

Advertisement

आगामी आर्थिक वर्ष २०७५/७६) का लागि तयार गरिएको नीति तथा कार्यक्रममा सरकारले सिन्डिकेट अन्त्यका लागि कठोर कदम चाल्ने विषय उल्लेख गरेको छ ।

सोमवार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा व्याप्त सिन्डिकेट, कार्टेलिङ र मिलेमतोको प्रथालाई अन्त्य गर्न सरकारले कठोर कदम चाल्ने बताइन् ।

सबै प्रकारका सिन्डिकेट, कार्टेलिङ र मिलेमतो अन्त्य गर्न कठोर कदम चालिने छ,’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!