एजेन्सी

काठमाडौँ, ९ जेठ । थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ ।

Advertisement

३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए । समाचार अनुसार ती युवक घरमा एक्लै रहेको बेला ब्लु फिल्म हेरिरहेका थिए । ब्लुफिल्म हेरिरहँदा उनी यतिधेरै उत्तेजित भए की आफ्नो गुप्तांग नै काटे ।

लिंग काटेसँगै निकै धेरै रगत बग्यो र उनी जमिनमा लड्न पुग्ने । धन्न जसोतसो उनले इमरजेन्सी नम्बरमा फोन गर्न सके ।

उद्धारकर्मीहरुले उनलाई घरमै प्राथमिक उपचार गरेपछि तत्कलै अस्पताल पर्याए । अस्पतालमा उपचार भइरहँदा पनि उनले एउटै कुरा दोहोराइरहेका थिए- मैले पोर्न भिडियो हेरिरहेको थिएँ ।

अहिले उनको अवस्था स्थिर रहेको र विस्तारै उनको अवस्था सुधार भैरहेको डाक्टरहरुको भनाइ छ ।

प्रहरीका अनुसार ती युवकमाथि कुनै कानूनी कारवाही चाहिँ हुनेछैन । किनकि उनले अरु कसैलाई हानी पर्याएका छैनन् र आफैंमाथि धावा बोलेका हुन् । युवकको नाम गाेप्य राखिएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!