सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता
काठमाडौँ, ९ साउन । विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्...





























