काठमाडौँ, १३ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!