नुवाकोट, ८ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

Advertisement

काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।उनीलाइ विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो ।

गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन यहाँ ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्स्ट्रक्सनका स्काभेटरमा आगो लगाइँदा एउटा पूर्ण क्षतिग्रस्त र एउटा आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कुन ठाउँमा कहिले स्काभेटर जलेको भन्ने आफूलाई थाहा नभएको प्रकाण्डले सञ्चारकर्मीलाई बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!