प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने
महेन्द्रनगर, धनुषा, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो ।
धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धन...






























