काठमाडौँ, १२ भदौ । काठमाडौँ, १२ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ ।

मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ ।

यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय रहेको थियो । अर्यालले प्रदेशस्तरमा शिक्षासम्बन्धी हुने सम्पूर्ण काम कारवाही गर्न निर्देशनालय स्थापना गर्न लागिएको हो भने ।

निर्देशनालयले प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेछ । उनका अनुसार प्रदेश सरकारले नै उक्त निर्देशनालय कहाँ रहने भन्ने टुङ्गो लगाउने छन् । उक्त निर्देशनालयमा उपसचिवको नेतृत्वमा चार शाखासमेत स्थापना गरिने छ ।

मन्त्रालय कर्मचारी महाशाखाका प्रमुख बाबुराम पन्थीले प्रत्येक निर्देशनालयमा ३५ कर्मचारी रहने छन् । उनका अनुसार एक सहसचिव, चार उपसचिव, आठ शाखा अधिकृत र अन्य कर्मचारी रहने छन् ।

उनले एक हप्ताभित्र नै कार्यालय स्थापना गरी कर्मचारीको खटाउने तयारी भइरहेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!